८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.03

Humidity: 68

तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम: भारी वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ ।नेपालमा मनसुनी वायुको साथै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस र बागमतीका एक दुई स्थानमा भने अति भारी वर्षा हुने बताइएको छ ।

महाशाखाको अनुसार आज राती कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुनेछ। गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने मधेसका केहि स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।