३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्छु: ल्हारक्याल लामा



अ+ अ-

काठमाडौ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुनेगरी काम गर्ने बताउनु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको उल्लेख गर्दै त्यसको खण्डन हुने गरी लुम्विनी विकास कोषमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको सबै अभियोगहरुको अदालतबाटै आफूले सफाई पाएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘हुँदै नभएको र गर्दैै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ । बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन । यो प्रेस वक्तव्यमार्फत के प्रमाणित गर्छु भने म माथि लगाईने यस्तो नियोजित र निराधार आरोपहरुको मैले मेरो कामबाटै गर्नेछु । लुम्विनी विकास कोषको काम मेरो लागि गहन जिम्मेवारी हो ।’