• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी



काठमाडौँ । पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवास प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उहाँले ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा आफू मन्त्री पदमा नभएको स्पष्ट गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “समाचार माध्यमहरुमा आएअनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री पदमा थिइनँ । मन्त्री पदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालीन बाबुराम भट्टराई मन्त्रिपरिषद्मा रहेको हुँ । म पछि तत्कालीन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषद्को समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइनँ । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका स्रोत भएका छन् ।”

“यसअघि पनि पटक पटक जानकारी दिएअनुसार नै अदालतको दोस्रो ताकेतापछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरोमार्फत निर्णयकालागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो म्बन्धी निर्णय प्रक्रियामा मेरो कुनै सहभागिता छैन ।
जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहने छ”, उहाँले भन्नुभएको छ ।

वर्तमान सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानमा आफ्नो पूरै समर्थन छ भन्दै पूर्वमन्त्री जोशीले भन्नुभएको छ, “देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।”