११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरु
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन शुरु गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समुहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोप केन्द्रहरु मार्फत् खोप लगाउन शुरु गरिएको हो । 

भेरोसेल खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । शाक्यले सहज रुपमा खोप लगाउन पाउने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दुरी कायम गरी खोप लगाउन आग्रह गर्नुभयो । उहाँले खोप लगाईसकेपछि कुनै समस्या आएमा स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभयो ।

काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य निर्देशक हरी कुँवरले भेरोसेल खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि ११ गतेसम्म लगाईने बतानुभयो । उहाँले फागुन २५ देखि बैशाख १५ गतेभित्र भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आफ्नो नजिकको केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने बताउनुभयो । निषेधाज्ञाको समयमा खोप कार्ड मार्फत आवत् जावत् गर्न सकिने व्यवस्था मिलाईएको छ । पहिलो मात्रा लगाएको भएपनि कोरोना संक्रमित भएको ३० दिनभित्र भने खोप लगाउन नमिल्ने उहाँले बताउनुभयो ।

काठमाडौं महानरपालिकाले तोकेको ३२ वटा खोप केन्द्रहरुमा नन्दीरात्री स्कुल नक्साल, २ नं. वडा कार्यालय, ३ नं. वडा कार्यालय महाराजगञ्ज, विशाल मिलन केन्द्र चण्डोल, ५ नं. वडा कार्यालय परिसर हाँडीगाउ, महेन्द्र बौद्ध उच्च मा.वि., पुरानो हिमालय विद्यामन्दिर हालको युरो किंगडम रातोपुल, ८ नं. वडा कार्यालय, गुह्येश्वरी मा.बि., डोनाल्ड रेष्टुरेन्ट बानेश्वर रहेका छन् । त्यस्तै, विश्व निकेतन स्कुल, बुद्धमाई सेन्टर टेकु, जनप्रभात मा.वि. कालिमाटी, १४ नं. वडा कार्यालय भुवनेश्वरी मन्दिर चौर, भुईखेल चौर स्वयम्भु, जुडो हल नयाँबानेश्वर, पब्लिक युथ क्याम्पस, पुष्पलाल पार्क, सामुदायिक शहरी स्वास्थ्य क्लिनिक १९ वडा परिसर, शान्तिकुञ्ज स्कुल र सामुदायिक शहरी स्वास्थ्य क्लिनिक २१ वडा यंगाललाई खोप केन्द्र तोकिएको छ । बाँकी खोप केन्द्रहरुमा टेवहाल वडा कार्यालय, नवआदर्श स्कुल बसन्तपुर, इतुमबहाल तारणी वहाल, कन्यामन्दिर स्कुल, वडा परिसर लैनचौर, महावौद्ध चोक, २८ नं. वडा कार्यालय, विजय स्मारक स्कुल, ज्ञानेश्वर चोक, भिमसेनगोला स्कुल र ३२ नं. वडा कार्यालय रहेका छन् ।