११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

राज्यले सम्पूर्ण ध्यान कोरोना विरुद्धको अभियानमा जोड्न जरुरी छ- पत्रकार महासंघ अध्यक्ष पोखरेल

राज्यले सम्पूर्ण ध्यान कोरोना विरुद्धको अभियानमा जोड्न जरुरी छ- पत्रकार महासंघ अध्यक्ष पोखरेल
अ अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना महामारीको नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले कोरोनाविरुद्ध राज्यको सबै क्षेत्र एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो – ‘राज्यले सम्पूर्ण ध्यान कोरोना विरुद्धको अभियानमा जोड्न जरुरी छ । जनस्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो । जनस्वास्थ्यका लागि सरकारले आफ्ना सबै स्रोत, साधन र जनशक्ति सबै प्रयोग गरोस् भन्ने हाम्रो बिनम्रताका साथ आग्रह छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गर्न पनि उहाँको आग्रह छ । धेरै विकास बजेटहरु खर्च नभएर फ्रिज हुने विगतको परम्परा रहेको भन्दै उहाँले यस वर्ष विकास पूर्वाधारका लागि रकमान्तर हुने बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘धेरै विकास बजेट खर्च नभएर फ्रिज हुने गरेको छ । आवश्यक पर्छ भने स्वास्थ्य संकटकाल घोषणा गरियोस् अथवा स्वास्थ्य क्षेत्रले भनेजस्तै रेड अलर्ट घोषणा गरियोस् । जे गरेर सहज हुन्छ । अन्य विकास पूर्वाधारका रकम पनि जनस्वास्थ्यका लागि केन्द्रीत गरियोस् ।’

अध्यक्ष पोखरेलले महामारीको बखत पत्रकारिता क्षेत्रले जोखिम मोलेर सुचना प्रवाहको काम गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तर लाग्न अपिल गर्नुभएको छ । प्रेस काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता र कोभिड निर्देशिकालाई अनुशरण गर्न उहाँको आग्रह छ । महामारीको बेलामा कृतिम कालोबजारी र अत्यावश्यक सेवामा चर्को मुल्य लिने गरिएकाले त्यस्तो गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष उहााले माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘कमिशन खेल, कृतिम कालोबजारी, एम्बुलेन्स, हेलिकप्टरले चर्को मुल्य लिएको बदनियत छ । यसलाई एक्सपोज गरेर राज्यले कारबाहीको दायरामा ल्याओस् भन्ने पत्रकार महासंघको माग छ ।’

अध्यक्ष पोखरेलले कोरोना विरुद्धको खोपको सहज पहुँच पु¥याउन पनि सरकार सँग माग गर्नुभएको छ । राज्यका सम्बन्धित निकायहरुले महामारीको यस बेलामा नागरिकहरुलाई पर्याप्त सुचना नदिएको भन्दै सरोकारवाला मन्त्रालयहरुले पर्याप्त सुचना दिनुपर्ने बताउनुभयो । उहाँले कोरोन विरुद्ध तत्कालै अल्पकालिन र दिर्घकालीन योजना ल्याउन पनि माग गर्नुभएको छ ।