२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनी लिएको शपथविरूद्ध सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुँदा शपथग्रहण गर्नुभयो । 

उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको त्यस शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाउनुभएको थियो । 

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याउनु भएपनि ओलीले भने 'त्यो पर्दैन' भन्दै शपथग्रहण अगाडि बढाउनुभएको थियो । उहाँको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हास्नुभएको थियो ।

त्यसपछि ओलीले शपथमा प्रयोग भएको 'ईश्वर' भन्ने शब्द पनि उच्चारण गर्नुभएको थिएन ।