२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद छविका ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त



अ+ अ-

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त गरेको छ।

लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन् ।

लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् ।लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको गत साउन १० गते कार्यकाल सकिएपछि लामालाई नियुक्त गरिएको जनाईएको छ ।

लामा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।