४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वकप्तान पारस खड्काले बागमती प्रदेशको अध्यक्षमा लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को आगमी चुनावमा बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने भएका छन् ।

पूर्वकप्तान पारसले आफूले बागमती प्रदेशको चुनावमा लड्न तयारी गरिरहेको बताएका हुन् । उनले केन्द्रिय चुनावका लागि भने हालसम्म केहि नसोचेको र प्रदेशको चुनावपछि मात्रै त्यसतर्फ ध्यान दिने बताएका छन् ।

क्रिकेट संघको विधान अनुसार चुनावमा लड्न राष्ट्रिय टोलीबाट खेल्न छाडेको दुई वर्ष पुगेको हुनुपर्छ । दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेललाई बिट मार्दै उनले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । बिहीबार मात्रै उनले सन्यास लिएको दुई वर्ष पूरा भएको छ ।

पारसले आफ्नो गृह जिल्ला काठमाडौं हुँदै बागमती प्रदेशको चुनाव लड्ने तयारी गरेका हुन् । ‘क्रिकेटमै काम गर्ने मेरो इच्छा हो । हालका लागि आफैंले खेलेको बागमती प्रदेशको अध्यक्षमा लड्ने तयारी गरिरहेको छु’, उनले भने, ‘केन्द्रिय चुनावबारे अहिले केही पनि सोच छैन । अहिलेलाई प्रदेशको चुनावको लागि तयारी गरिरहेको छु ।’

क्यानले साउन मसान्तसम्म जिल्लाको चुनाव सक्नेछ र त्यसको लगत्तै भदौ दोस्रो साता प्रदेशको चुनाव गर्नेछ । केन्द्रको चुनाव भने असोजमा हुनेछ ।

बागमती प्रदेशमा क्यानको सदस्य मान्यता प्राप्त जिल्लामा मकवानपुर, चितवन, ललितपुर, भक्तपुर, काठमाडौं र नुवाकोट रहेका छन् ।