१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको बिचार ब्यक्त गरेका छन् ।

आज काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पुर्ण समस्याको मुल जड सनातन धर्म,संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धबिश्वास,रुढीबादी र बिभेदमा आधारित छ,धर्म निरपेक्षता,गणतन्त्र र जातिय पहिचानमा आधारित संघीयता सम्पुर्ण रोग,भोक,अशिक्षा ,गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे ।

मुलुकमा हाल बिधमान संकट समाधान गर्न राप्रपा नेपाल सङ्ग बैकल्पिक मार्ग चित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक बिकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनबादको बैचारिक धरातलमा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आबश्यकतामा जोड दिए ।

सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली लागू गरि प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आबश्यकता औल्याउदै थापाले आत्मसमर्पणबादी मानसिकताले गर्दा मुलुकको स्वाधीनता माथी गम्भीर प्रश्न चिन्ह उठिरहेको अबस्थामा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरियर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो बाताबरण निर्माण गर्न आफू कृयाशिल भईरहेको समेत बताए ।

सो प्रशिक्षणमा हिन्दुत्वको बिषयमा पार्टीका उपाध्यक्ष डाक्टर बिष्णु भण्डारी ,संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिनुभएको बिभागका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।