९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकारात्मक मोडतर्फ एमाले



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार १० सदस्यीय कार्यदल टुंगो लगाएका हुन् । सिंहदरबारमा ओली र नेपालबीचको ‘वान टु वान’ वार्तापछि कार्यदल टुंगो लागेको हो ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । ओली समूह नेतृत्व नेम्वाङले र नेपाल समूह नेतृत्व रावलले सम्हाल्ने भएका छन् ।

कार्यदललाई तीन दिनभित्र पार्टी विवाद समाधानको सुझावसहितको प्रतिवेदन बुझाउने समय दिइएको छ । त्यस अवधिमा कार्य सम्पन्न नभए ‘समय थप्न’ सकिने जनाइएको छ । वार्तापछि अध्यक्ष ओलीले पार्टी विवाद समाधान हुनेमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । २८ फागुनको निर्णय खारेज र २ जेठ २०७५ कै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत छन् ।

ओली र नेपालबीच कार्यदल बनाएरै सबै समस्या समाधान खोजिनेगरी छलफल हुँदै आएको छ । गत शुक्रबार र बिहीबार पार्टी विवाद ‘कसरी समाधान गर्ने रु’ भन्नेबारे केन्द्रित रहेर ओली र नेपालबीच छलफल भएको थियो । विवाद उत्कर्षमा पुगेकै बेला गत २७ वैशाखमा प्रधानमन्त्री ओलीलाई नेपाल समूहका सांसदले विश्वासको मतदान नगरी संसद् बैठक बहिष्कार गरेका थिए ।

दुवै समूह समानान्तरण कमिटी निर्माण गर्दै अघि बढेपछि पार्टी विवाद झन् बढदै गएको थियो । तर, नेताबीच कार्यदल गठन गरेर विवाद समाधान गर्ने सहमतिपछि एकता जोगिने विश्वास नेता कार्यकर्ताको छ । यो समाचार राजधानी दैनिकमा छ ।