काठमाडौ । प्रधानमन्त्रीक प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संञ्जालको दुरुपयोग गर्दै आफू बिरुद्ध अपराधपुर्ण कार्यहरु भएको भन्दै आपत्ति जनाउनु भएको छ ।
थापाले सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस राख्दै आफू आईसोलेसमा रहेका बेला निकृष्ट र अपराधिक कार्यहरू भएको र जीउदो मान्छेलाई श्रद्धाञ्जली दिने कार्य भएको भन्दै साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष माग गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ – "म आइसोलेसनमा रहेका बेला कतिपय यस्त निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । युगपुरूष प्रचण्ड नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ श्रद्धाञ्जलि नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।
बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटस जस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ ।
त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।"








