• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

संगीतको कुनै सीमा हुँदैन: शम्भुजित बाँस्कोटा



काठमाडौँ । भावना बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताउनु भयो ।

उहाँले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभवकारी रुपमा प्रविधिको विकाससँगै अघि बढीरहेको बताउनु भयो । उहाँले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताउनु भयो । उहाँले पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्‍याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन् । रक एण्ड र्‍याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पुर्‍याउने काम गरेको छ ।’

अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गर्नुभएको हो ।