• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo
Latest
★   सरकारको भनाइ एकातिर छ, गराइ अर्कोतिरः प्रमुख प्रतिपक्षी कांग्रेस ★   नीति तथा कार्यक्रम बजेटमा समावेश गर्नसके आशा जगाउन सक्ने आएको छः अध्यक्ष ढकाल ★   प्रतिनिधिसभा बैठकः प्रमुख प्रतिपक्षीको अवरोध जारी, जेठ ३ गतेसम्मलाई स्थगित ★   प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध ★   सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा ★   काँग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध ★   अदालती समय सकियो, सन्दीपको मुद्दामा भने बहस जारी ★   हुम्लाका तीन बस्ती अन्धकारमा ★   तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण ★   भगवतीले देवताको रक्षा गरेको खुसियालीमा चण्डेश्वरी जात्रा

एमाले अध्यक्ष ओलीबाट क्रिकेटर मल्ललाई उर्जाशीलता र सक्रियताको लागि शुभकामना



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अझै उर्जाशीलता र सक्रियताको लागि शुभकामना दिनु भएको छ ।

मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट शुक्रबार सन्न्यास लिनु भएको थियो । सामाजिक संञ्जाल फेसबुका एक सन्देश राख्दै ओलीले यो बिदाइ होइन, यो मेरो नयाँ अध्याय हो ।
नेपाली क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लले हिजो अवकाश लिँदै गर्दा दिएको यो सन्देशसँगै सबैलाई शुभ बिहानी भन्नुभएको छ ।

उहाँले मल्ललाई अझै उर्जाशीलता र सक्रियताको लागि शुभकामना समेत दिुभएको छ ।

सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गर्नुभएका उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आपूmले सन्न्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाउनुभएको छ ।

फाेटाे- क्यान