१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सनएड इन्टरनेशनल नेपालद्धारा रक्तदान कार्यक्रम आयोजना



अ+ अ-

काठमाडौँ ।  सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्ष अगस्ट १२ को दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको उक्त कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरु गरी १८ जनाले रक्तदान गर्नु भएको थियो ।

हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटिसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको एक्सनएडले जनाएको छ । कार्यक्रममा बोल्दै संस्कीकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको उल्लेख गर्नुभयो ।

यो वर्षा यामको समयमा नेपालमा बाढी, पहिरो जस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था छ र यो समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवद्र्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ ।