५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेबिलोन स्कुललाई काठमाण्डौ महानगरबाट सरसफाई सामग्री



अ+ अ-

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले शुरु गरेको नि:शुल्क सार्वजनिक शौचालयको अभियानमा हातेमालो गरेर विद्यालय परिसरमा नि:शुल्क सार्वजनिक शौचालय स्थापना गर्ने काठमाण्डौ महानगरपालिका वडा नं ३१ शान्तिनगरको बेबिलोन नेशनल स्कुल पहिलो स्कुल बन्न सफल भएको छ ।

महानगरपालिकासंग सहकार्य गर्दै हाल महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३६ वटा नि:शुल्क सार्वजनिक शौचालयमध्ये बेबिलोन स्कुल पहिलो शैक्षिक संस्था भएको उल्लेख गर्दै शैक्षिक विकास तथा सामाजिक उत्तरदायीत्व निर्वाह गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले बेबिलोन स्कुललाई धन्यवाद समेत दिएको छ ।

साथै विद्यालय परिसरमा सञ्चालित नि:शुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने विभिन्न ३६ प्रकारका सामग्रीसहितको बाकस काठमाण्डौ महानगरपालिकाका अधिकृत भिमसेन केसीले बेबिलोन स्कुलकी अभिभावक संयोजक कमला केसीलाई हस्तान्तरण गरेका छन् ।

नि:शुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमा बाल्टी, कुचो, खरेटो, ट्वाइलेट पेपर, डस्टबिन,जाम खोल्ने पम्प,प्राथमिक उपचार बाकस, हात धुने साबुन, झोल साबुन, डेटोल, फिनेल लगायतका सामग्री छन ।

काठमाण्डौ महानरगपालिकाको सहकार्यमा बेबिलोन स्कुलले सो नि:शुल्क सार्वजनिक शौचालय गत माघ महिनादेखि सञ्चालन गर्दै आएको छ भने दैनिक एकसयभन्दा बढी वटुवाले सो शौचालय नि:शुल्क प्रयोग गर्दै आएका छन् ।

विद्यालयका कर्मचारीले शौचालयको रेखदेख र सरसफाई नियमित रुपमा गर्दै आएका छन् ।




भर्खरै