२३ असार २०८३, मंगलवार
,
Latest
हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक ३ लाख घाटा ब्यहोर्दै आलियाको ‘गंगुबाई काठियावाडी’



अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसको दोस्रो लहर र महाराष्ट्रामा जारी लकडाउनका कारण आलिया भट्ट अभिनित गंगुवाई काठियावाडीका निर्माण टीमले हरेक दिन ३ लाखको घाटा ब्यहोर्दै आएको खबर बाहिर आएको छ । 

फिल्मको ३ दिनको शुटिंगमात्र बाँकी रहेको छ । जुन आलिया भट्टलाई देखाइने एक गीतको ब्याकग्राउन्डको हिस्सामात्र रहेको छ । रिपोर्ट अनुसार फिल्मसिटीमा सेट तबसम्म राखिरहनुपर्छ जबसम्म फिल्मको बाँकी सुटिंग पूरा हुँदैन । 

उक्त सेटलाई कायम राख्न निर्माता सञ्जय लीला भन्साली र जयंतीलाल गडाले हरेक दिन लगभग ३ लाख खर्च गरिरहेका छन् ।

उक्त सेट फेरी निर्माण गर्नका लागि अझ बढी रकम लाग्ने भएकाले निर्माण टिम यो खर्च ब्यहोर्न तयार छन् ।