२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौं । भारत सरकारको ममता बनर्जीलगायतका दुई मन्त्रीसहित चार जना पक्राउ परेका छन् । भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेर नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको बीबीसी हिन्दीले बताएको हो । 

पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र पक्राउ परेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । 

बाँकी सबै मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसका नेता हुन् । राज्यपाल जगदीप धनखडले पक्राउ परेका नेताहरूविरुद्ध आरोपपत्र दायर गर्न अनुमति दिइसक्नुभएको सीबीआईले जनाएको हो । 

तृणमूल कांग्रेसका प्रभावशाली नेताहरूले शक्ति दुरुपयोग गर्दै घुस लिएर निजी कम्पनीलाई गैरकानुनी काम गर्न दिएको आरोप लागेको छ । मुख्यमन्त्री ममता बनर्जीले नेताहरू पक्राउ गर्न स्वीकृति दिने अधिकार राज्यपाललाई नभएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

पश्चिम बङ्गालमा सन् २०१६ का विधानसभा चुनावअघि नारदा न्युजका सीईओ म्याथ्यु स्यामुएलले एक स्टिङ भिडियो सार्वजनिक गर्दै बङ्गालको राजनीतिमा हलचल ल्याइदिनुभएको थियो । त्यस भिडिओमा तृणमूल कांग्रेसका सात सांसद, तीन मन्त्री र कोलकाता नगर निगमका मेयर शोभन चटर्जी क्यामेराको सामु घुस लिएर एक नक्कली कम्पनीको कारोबारमा सहयोग गर्ने आश्वासन दिएको देखिएको थियो । फर्जी कम्पनीको प्रतिनिधिको रूपमा घुस दिने व्यक्ति अरू कोही नभइ म्याथ्यु स्यामुएल नै थिए । 

ममता बनर्जी र उहाँको पार्टीले आफ्नो छवि बचाउनका लागि यस स्टिङ भिडियोलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिएका थिए । तर अब उच्च अदालतको सीबीआईसँग जाँचको फैसला र फेरि सर्वोच्च अदालतले त्यस फैसला सदर गरेपछि तृणमूल कांग्रेस केही हच्किएको छ ।