२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस युनिभर्स २०२१’ को ताज मेक्सिकोकी एन्ड्रियाले हात पार्न सफल



अ+ अ-

काठमाडौं । 'मिस युनिभर्स २०२१' को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले हात पार्न सफल भएकी छन् । २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज जित्न सफल भएकी हुन्।

पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबो प्रतियोगिताका विश्लेषकहरू रहेका थिए। आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन्। 

एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन्। विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन्। उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन्।

मिस युनिभर्स प्रतियोगितामा मिस म्यानमार थुजार विन्ट ल्विनले भने आफ्नो देशमा चलिरहेको द्वन्द्वबारे बोल्दै स्टेजको ध्यान खिच्न सफल भएकी थिइन्। आफ्नो देश म्यानमारमा भइरहेको सैनिक कूबारे उनले भनेकी थिइन्, 'हाम्रा मानिसहरू मरिरहेका छन् र सेनाले दैनिक गोली हानेर मान्छे मार्दैछ। त्यसैले म सबैलाई म्यानमारबारे बोल्न आग्रह गर्छु।'

प्रतियोगिताको टप २१ सम्म पर्न सफल उनले सबभन्दा उत्कृष्ट राष्ट्रिय पोशाकको उपाधि जितेकी थिइन्। बिहीबार उक्त पोशाकसँगै उनले 'प्रे-फर म्यानमार' लेखेको पर्चा देखाएकी थिइन्। 

सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो। मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका गरेका हुन्। त्यस्तै मिस युनिभर्समा मिस नेपाल अंशिका शर्माले पनि सहभागिता जनाएकी थिइन्। उनी भने टप २१ मा नपर्दै प्रतियोगिताबाट बाहिरिइन्।