११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
अ अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको रनिष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताउनुभयो । महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुर्ननियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिनुभयो । त्यसैगरी ५ वटा सञ्चार माध्यमलाई ७ दिन भित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुन नियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर शुरु भइसकेपछि कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक कामपनि पत्रकार महासंघले गरिरहेको छ । श्रम समस्यासँग जोडिएका ५ सञ्चारमाध्यमलाई ७ दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरुलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औल्याउनुभयो । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ । महासचिव पुरीले भन्नुभयो – ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवासगृहमा आइशोलेसन बेड निर्माण गरेको गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टीलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उहाँले बताउनुभयो ।

महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् ।  २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।