• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

४७ हजार किलोमिटरको गतिमा पृथ्वीतर्फ आउँदैछ प्रकोप, नासाले दियो चेतावनी



एजेन्सी । अन्तरिक्ष धेरै रहस्यले भरिएको छ । अन्तरिक्षमा यस्ता धेरै घटना हुन्छन्, जसलाई पृथ्वीका लागि खतरा मानिन्छ । क्षुद्रग्रहलाई लामो समयदेखि पृथ्वीका लागि खतरा मानिएको छ । वैज्ञानिकहरुका अनुसार क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएमा ठूलो प्रकोप हुनसक्छ । भनिन्छ, एक पटक पृथ्वी र क्षुद्रग्रहबीच टक्कर भएको थियो, त्यसपछि पृथ्वीबाट डाइनोसरहरू नष्ट भएका थिए ।

धेरै पटक क्षुद्रग्रह पृथ्वीसँग ठोक्किने सम्भावना वैज्ञानिकहरुले व्यक्त गरेपनि यस्तो घटना कहिल्यै भएको छैन । आजकल क्षुद्रग्रहहरू पृथ्वीको नजिकबाट निरन्तर गुजरिरहेका छन् । अब फेरि एकपटक खगोलविद्हरूले एउटा विशाल उल्कापिण्ड अर्थात् एस्टेरोइड पृथ्वीतर्फ सर्दै गएको भन्दै अर्को साता पृथ्वीको कक्षमा ठोक्किने चेतावनी दिएका छन् ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो विशाल क्षुद्रग्रहको आकार सांघाई टावर बराबर छ । सांघाई टावर संसारको सबैभन्दा अग्लो भवनको चौंथो नम्बरमा पर्छ । यो क्षुद्रग्रह अगस्ट ४ मा पृथ्वीको कक्षसँग ठोक्किन सक्ने बताइएको छ ।

एक मिडिया रिपोर्टका अनुसार, वैज्ञानिकहरूले यस क्षुद्रग्रहलाई क्युएल ४३३ नाम दिएका छन्, जुन पृथ्वीतर्फ तीव्र गतिमा सर्दैछ । यो तीन वर्षमा पृथ्वी नजिकबाट एक पटक जान्छ । यसअघि सन् २०२० को जुलाईमा पनि यो पृथ्वीको नजिकै गएको थियो । क्युएल ४३३ नामक उल्कापिण्डको गति लगभग ४७,२३२ किलोमिटर प्रतिघण्टा छ ।

एक रिपोर्टका अनुसार यस क्षुद्रग्रहलाई सम्भावित खतरनाक क्षुद्रग्रहको रूपमा वर्गीकृत गरिएको छ । यसको मतलब यस्तो क्षुद्रग्रह पृथ्वीको नजिक आउन सक्छ । यद्यपि, यसको मतलब यो होइन कि विशाल क्षुद्रग्रह पृथ्वीसँग टक्कर हुनेछ । नासाले यो क्षुद्रग्रहमा नजर राखिरहेको छ ।

उल्कापिण्ड वा क्षुद्रग्रहलाई एस्टेरोइड भनिन्छ । ग्रहको निर्माणको क्रममा, त्यहाँबाट चट्टानका साना टुक्राहरू निस्किन्छन् र सूर्यको परिक्रमा गर्न थाल्छन् । कहिलेकाहीँ यस्तो हुन्छ कि तिनीहरू आफ्नो कक्षबाट बाहिर जान्छन् । क्षुद्रग्रहहरू सामान्यतया ग्रहको कक्षमा जल्छन्, तर ठूला क्षुद्रग्रहहरू कहिलेकाहीं ग्रहहरूसँग ठोक्किन पुग्छन् । क्षुद्रग्रह पृथ्वीसँग पनि ठोक्किएका छन् ।