काठमाडौं । निषेधाज्ञाको १९ औँ दिन काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीले चेकजाँचमा कडाई गरेपनि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारी साधन सञ्चालनमा खासै भिन्नता देखिएको छैन । अघिल्ला दिनहरुमा जसरी नै सवारी साधन सञ्चालनमा छन् ।
सवारी अनुमति नभएका र बिना काममा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिई होल्डि सेन्टरमा राखेको छ । कतिपयलाई १ सय रुपैया जरिवाना पनि गरेको छ ।
कोभिड-१९ संक्रमणको जोखिम न्युनीकरणका उपत्यकाका तीनै जिल्लामा बैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।








