७ श्रावण २०८३, बिहीबार
,
Latest
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरबाट ९ हजार अक्सिजन सिलिन्डर नेपाल प्रहरीद्वारा संकलन



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका खाली तथा भरी सिलिन्डर गरी सोमबार साँझसम्म ८ हजार ९ सय ९ थान अक्सिजन सिलिन्डर संकलन गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २६ वैशाखयता सोमबार साँझसम्म देशभरबाट झन्डै ९ हजार अक्सिजन सिलिन्डर संकलन गरिएको छ । भरिएको अवस्थामा रहेका अस्पताल तथा खाली सिलिन्डर अक्सिजन उद्योगलाई दिइएको जानकारी उनले दिए ।

प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता कुँवरले राजधानीसँग भने, ‘तीमध्ये ७ हजार ७ सय २६ थान वितरण गरिएको छ ।’

संकलित सिलिन्डर प्रहरीले सीसीएमसी, डीसीएमसी तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा अस्पताललाई दिँदै आएको हो । संकलन गरिएकामध्ये १ हजार १ सय ८३ थान खाली सिलिन्डर हस्तान्तरण गर्न बाँकी रहेको र ती सिलिन्डर पनि अक्सिजन उद्योगलाई भर्न दिएर अस्पतालमा पठाइने प्रहरीले भनेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।