६ पुष २०८२, आईतवार
,
Latest
‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीले अझै दिएन उपभोक्तालाई राहत



अ+ अ-

काठमाडौं । एक महिना अघिदेखि राजधानीमा  मेलम्चीको  खानेपानी  वितरण सुरु गरिए पनि आमउपभोक्ताले अझै राहतको अनुभव गर्न पाएका छैनन् । कतिपय स्थानमा त मेलम्ची आएपछि झनै अस्तव्यस्त भएको  छ ।  भएका पाइप फुटेका छन भने मर्मत पनि सुस्त छ । पुरानै पाइप  लाइनबाट वितरण गरिएको मेलम्चीको पानी नयाँ पाइप लाइनबाट  वितरण गर्न परीक्षण भइरहेको छ ।

राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी  पाइने  आशा  सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो  पाइप लाइनबाट वितरण गरिए पनि  परीक्षणपछि नयाँ पाइप लाइनबाट पनि वितरण सुरु गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केय.केएल)ले जनाएको छ ।

भक्तपुर कटुञ्जेको पानी पोखरीबाहेक अन्य सबै वितरण केन्द्रबाट  मेलम्चीको पानी वितरण भइरहेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले  जानकारी दिए । उनका अनुसार महाराजगञ्ज, बालाजु, खुमलटार, आरुबारी, महाँकालचौर, बाँसबारी, पानीपोखरीबाट पानी वितरण भइरहेको छ । कटुञ्जेको पानीपोखरी निर्माण सम्पन्न भइसकेको छैन ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।