७ श्रावण २०८३, बिहीबार
,
Latest
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षा छैन् दोस्रो वर्षको अध्यापन सुरु !



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा सीमित मात्र जोडिएका छन् ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा सुरु भएको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुईवटा समूह हुँदा असजिलो महसुस भएको छ । पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ । स्नातक तहका नयाँ विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन् ।

विश्वविद्यालयले यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटिएको जनाइएको छ । पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको जनाइएको छ । 

पहिलो वर्षको परीक्षा दिन नपाए पनि समयको सदुपयोग होस् भन्ने हिसाबले दोस्रो वर्षको पठनपाठनमा जोडिएको जानकारी नियन्त्रक जोशीले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।