१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मछिन्द्रले श्रीलंकाको ब्लू स्टारसँग दशरथ रंगशालामा खेल्ने



अ+ अ-

काठमाडौं । एएफसी कप छनोट अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकाको ब्लू स्टारबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । 

मछिन्द्र र ब्लू स्टारबीचको खेल अप्रिल ५ मा दशरथ रंगशालामा साँझ ५ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  

एएफसीले आज मैदान र समयको टुंगो लगाएको पनि एन्फाले जनाएको छ । 

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणसम्म अंकतालिकाको शीर्ष स्थानमा रहेको आधारमा मछिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको थियो । 

ब्लू स्टारलाई हराएको खण्डमा मछिन्द्रले अप्रिल १२ तारिखमा भारतको एटीके मोहन बगानविरुद्ध कोलकाताको विवेकानन्द युवा भारती क्रिरांगामा खेल्नेछ । 

समूह चरणमा स्थान बनाउन मछिन्द्रले मोहन बगानविरुद्धको खेलमा पनि जित निकाल्नुपर्ने हुन्छ ।