काठमाडौं । नेपालबाट आज विभिन्न गन्तब्यमा १४ अन्तर्राष्ट्रिय उडान हुने भएको छ । मंगलबार नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चीनको बेइजिङका लागि उडान अनुमति लिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जानकारी दिएको छ।
यस्तै नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ भने हिमालय एयरलाइन्सको एक कार्गो बिमान चीनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएको हो।
रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमति पाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।








