१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा राप्रपा तटस्थ बस्ने अध्यक्ष लिङ्देनको भनाइ



अ+ अ-

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपा तठस्थ बस्ने बताउनुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले बारम्बार नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिलेर सरकार बनाउन अग्रह गरिरहेको बताउनुभयो ।

उहाँले राप्रपा तत्काल सरकारमा समावेश नहुने स्पष्ट पार्दै भन्नुभयो, “हामी अहिले तथस्ट बस्छौँ।” अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा संविधानअनुसार अझै सरकार गठनका थुप्रै धाराहरू प्रयोग गर्न बाँकी रहेका कारण राप्रपा निर्णायक हुने अवस्था आएमा मात्रै पार्टीमा छलफल गरेर आवश्यक निर्णय लिइने बताउनुभयो ।

उहाँका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको तयारी भइरहेको र अझै धरा १६८को उपधारा ३ र ५ को अभ्यास हुन बाँकी नै छ। “सरकार निर्माणको अन्तिम विकल्प धारा १६८ को उपधारा ५ मा पुगेपछि मात्रै राप्रपाले कसलाई सघाउने कसरी सत्तामा साझेदारी गर्ने भन्ने निर्णय गर्छ”, उहाँले भन्नुभयो, “अहिले हामी तथस्ट बस्छौँ।”

कोशी प्रदेशमा कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार गठन गर्ने सत्तारुढ दलहरूले तयारी गरिरहेका छन्। थापाले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत जुटाउने तयारी गर्नुभएको छ । ९३ सदस्य रहेको कोशी प्रदेशमा सत्तारुढ गठबन्धनमा सभामुखसहित ४७ मत रहेको छ। कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, जसपाका १ र नेकपा (एकीकृत समाजवादी) का ४ जना सांसद छन्। एमाले नेतृत्वको गठबन्धनमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद छन्।