• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   बन्दीपुरका हरेक गाउँ: पर्यटकीय ठाउँ ★   प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने ★   पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयोः बर्तौला ★   प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने: देब गुरुङ ★   शेयर बजारमा दोहोरो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द ★   रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने ★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा

क्रिकेटरहरु पैसामा घमण्ड गर्छन् – कपिल देव



एजेन्सी । सन् १९८३ को विश्वकप विजेता कप्तान कपिल देवले आजका खेलाडीमा पुराना खेलाडीबाट सिक्ने इच्छा नभएको बताएका छन् ।

हालैको एक अन्तर्वार्तामा कपिलले भनेका छन्– ‘कहिलेकाहीँ धेरै पैसा भएकोले पनि गर्व आउँछ । अहिलेको जमानाका खेलाडीहरू पैसाको घमण्डमा पूर्व खेलाडीसँग सल्लाह लिन जाँदैनन् र एउटै गल्ती बारम्बार दोहोर्याउँछन् । जबकि खेलमा सुधारको लागि सधैं ठाउँ छ ।’

कपिल देवले ‘द वीक’ लाई दिएको अन्तर्वार्तामा भने – ‘क्रिकेटरहरुलाई लाग्छ उनीहरु सबै कुरा जान्दछन् । हिजो र आजका क्रिकेटरबीचको फरक यही हो । म भन्छु कि त्यहाँ धेरै क्रिकेटरहरू छन् जसलाई मद्दत चाहिन्छ । जब सुनिल गावस्कर छन्, उहाँसँग किन कुरा गर्न सक्नुहुन्न ? उनीहरूलाई लाग्छ कि आफू सबै कुरा जान्दछन् । यो सबै थाहा हुन सक्छ, तर क्रिकेटको ५० सिजन देखेको व्यक्तिबाट थप मद्दतका हात दुख्दैन ।’

सन् १९८३ मा कपिल देवको कप्तानीमा भारतीय टोलीले पहिलो पटक विश्वकप जितेको थियो । लर्ड्स मैदानमा भएको फाइनल खेलमा भारतले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको थियो । इन्डिज टोलीले यसअघि सन् १९७५ र १९७९ मा विश्वकप जितेको थियो, त्यसैले वेस्ट इन्डिजलाई फाइनलमा जितको दावेदार मानिएको थियो ।