१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीले प्रयोगमा ल्याउनु भयो आफ्नै आधिकारिक ट्विटर अकाउन्ट



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डल @BidyaDevi2018 प्रयोग गर्न सुरु गर्नुभएको छ ।

यसअघि उहाँले राष्ट्रपतिको कार्यकालमा सम्बन्धित सूचनाहरू प्रवाह गर्न शीतल निवास @SHITALNIWAS नामबाट ट्विटर अकाउन्ट सञ्चालनमा ल्याउनुभएको थियो। भेरिफाइड भइसकेको उक्त अकाउन्ट डिएक्टिभेट भएपछि उहाँले केही महिनायता ट्विटर प्रयोग गर्नुभएको थिएन ।

भण्डारीले केही दिन अघिदेखि आफ्नो नयाँ ट्विटर अकाउन्ट @BidyaDevi2018 बाट सूचना दिनुभए पनि उक्त अकाउन्ट भेरिफाइड नभएकाले कस्को भन्ने दुविधा बाँकी नै थियो ।

नयाँ सञ्चालनमा आएको ट्विटर अकाउन्ट पूर्वराष्ट्रपति भण्डारीकै भएको र उक्त अकाउन्ट भर्खरै भेरिफाइड भएर नीलो रङ प्राप्त भएको पूर्वराष्ट्रपतिको सचिवालयले बताएको छ । सचिवालयले पूर्वराष्ट्रपति सम्बन्धी सूचना, जानकारी वा उहाँका धारणा बुझ्न अहिले सञ्चालनमा आएको अकाउन्ट फलो गर्न अनुरोध गरेको छ