काठमाडौं । नेकपा (माओवादी केन्द्रले) १७ गतेदेखि बस्न लागेको पार्टी केन्द्रीय समिति बैठक लाइभ गर्ने भएको छ ।
सोमबार बिहान बैठकका एजेन्डा तय गर्न बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई सामाजिक सञ्जालमार्फत लाइभ गर्ने निर्णय गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए ।
उनले भने, ‘बैठकलाई पूर्णतया लाइभ गर्ने भनेका छौं । त्यसो हुँदा समाचार संकलन गर्न मात्रै नभएर आम पार्टी कार्यकर्ता र जनसमुदायलाई पनि हाम्रो बैठकबारे जानकारी पाउन सहज हुन्छ भन्ने लागेको छ’।
यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।