काठमाडौं । स्याचुरेसन प्रोब (saturation probe) प्रयोग गर्दा पक्कै पनि सबैलाई नयाँ साधन भएको हुनाले कठिनाइ भएको छ । त्यसैले आज हामी प्रोबबाट अक्सिजन कसरी नाप्ने बारे जानकारी दिनेछौँ । यो प्रयोग गर्दा के-के त्रुटी हुनसक्छ भन्ने बारे पनि सम्पूर्ण जानकारी उपलब्ध गराउने छौँ । आउनुहोस् जानौ डा. अग्रज उप्रेतीसँग प्रोबलाई सहि तरिकाले प्रयोग गर्ने बारे। उहाँले हामीलाई डेमो देखाएर प्रष्ट हुन मद्दत गर्नुहुन्छ ।
स्याचुरेसन प्रोब (saturation probe) प्रयोग गर्ने तरिका :
१) प्रोब लगाउन अगाडी बिरामीलाई १० देखि १५ मिनेट सम्म आराम गराउने
२) प्रोबलाई चारी औलामा दायाँबायाँ नगरी सिदा बनाएर च्याप्ने
३) प्रोबलाई अन गर्ने बटन दबाउने
४) प्रोब औलामा च्यापि सकेपछि स्थिर गरेर राख्ने
५) यसलाई एक पटक लगाइसकेपछि हल्लाउन हुँदैन, हल्लियो भने यसको रेकडिङमा गल्ति आउँछ
६) प्रोबलाई च्यापेपछि सहि रिडिङका लागि १५-२० सेकेण्डसम्म स्थिर राख्ने
७) त्यसपछि मात्र यसको रिडिङ लिने
८) रिडिङ लिदा यसको वेभ एकनासको हुन जरुरी छ
९) रिडिङ लिने क्रममा हल्लियो भने यसलाई आधिकारिक मान्न मिल्दैन
१०) रिडिङ लिदाँ औलामा नेलपोलिस लगाएको हुन भएन, यसो गर्दा पनि गलत रिडिङ आउँछ








