• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

कोरियामा पानी जहाज कम्पनीमा खुल्यो रोजगारी



दक्षिण कोरिया (फाइल तस्वीर)

काठमाडौं: दक्षिण कोरियामा पानी जहाज कम्पनी क्षेत्र (सिप बिल्डिङ) मा कामदार आवश्यक रहेको भन्दै नेपालस्थित रोजगार अनुमति प्रणाली (इपिएस) ले भाषा परीक्षाको आवेदन माग गरेको छ ।

इपिएसले आज एक सूचना प्रकाशन गरी दक्षिण कोरियाको मानव स्रोत विकास सेवाले सञ्चालन गर्ने यस्तो परीक्षामा सामेल हुन चाहने नेपालीलाई अनलाइन आवेदन मार्फत फारम भर्न अनुरोध गरेको छ । इपिएसले भाषा परीक्षा र सीप परीक्षणको परीक्षा लिनेछ ।

इपिएसका अनुसार, यही साउन २० गते शनिबारदेखि २४ गते बुधबारसम्म आवेदनको मिति तोकिएको छ ।

इपिएसले परीक्षा शुल्क अमेरिक डलर २८ लाग्ने जनाएको छ ।

आवेदकको योग्यता
क. नेपाली नागरिक
ख. उमेर १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको ।
ग. फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको ।
घ. गणतन्त्र कोरियामा गई गैर कानुनी रुपमा बसोबास नगरेको ।
ङ. नेपालबाट अन्य मुलुकमा जान रोक नलगाईएको ।
च. कोरियामा ई–९ र ई–९–१ भिषामा पाँच वर्षभन्दा कम अवधि बसेको ।
छ. कलर ब्लाइन्डनेस, कलर विकनेस र डिस्क एवं फिंगर एम्पुटेसन नभएको ।