११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

देशभरका आठ स्थानमा एक हजार क्षमता भएको होल्डिङ सेन्टर स्थापना गरिएको छ- उपप्रधानमन्त्री पोखरेल (भिडियो सहित)

देशभरका आठ स्थानमा एक हजार क्षमता भएको होल्डिङ सेन्टर स्थापना गरिएको छ- उपप्रधानमन्त्री पोखरेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ । बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका ८ स्थानमा एक-एक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रुपमा प्रारम्भ भएको बताउनुभएको हो । 

७ वटा प्रदेशमा एक÷एक ओटा र बाँकी एउटा काठमाडौं उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘होल्डिङ सेन्टरहरु, सेमि पर्मानेन्ट टाइपका ७ वटा प्रदेशमा ७ ठाउँ र काठमाडौं उपत्यकामा एउटा १÷१ हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसको लागि अर्थ मन्त्रालयले बजेट छुट्याईसकेको छ । नेपाली सेनाले ८ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दैछ ।’

उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पुरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘अक्सिजन प्लान्टहरुको अभावले गर्दाखेरी हाहाकार सिर्जना भएको छ । हामि त्यो अभावलाई पनि जति सकिन्छ चाँडो पुरा गर्न चाहान्छौँ । यसका लागि सरकारले अरु सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, संक्रमणबाट जनतालाई बचाउने, जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो ।

त्यसको लागि सरकारले जि टू जि वा बि टू बि लेभलबाट होस् । त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रुपले मन्त्रीपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौँ ।’ मन्त्री पोखरलेले कोभिडको संक्रमण मानवता र मानविय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो । उहाँले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो । आइसोलेसनमा बिरामीहरुको ल्याब परिक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरुको सेवा निःशुल्क उपलब्ध गराईने जनाइएको छ ।

कोभिड संक्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पुर्‍याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताउनुभयो । आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेड सम्मको बनाउन सकिने पनि उहाँले बताउनुभयो ।

सो आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यस अघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्यहरु गर्दै आएको छ ।