२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले एमालेको रकम खाएर पनि हिसाबकिताब बुझाएनन्– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको एकता वास्तविक नभएको बताएका छन् ।

जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादीसँग एमालेको एकता तेल र पानी जस्तो रहेको बताएका हुन् ।

नेकपा निर्माणपछि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी जीवितै राखेको आरोप लगाउदै ओलीले भने, ‘माओवादीसँग एकता भनिए पनि वास्तविक एकता भएन । तेल एकातिर पानी अर्कोतिर भयो । मिक्स अप नै हुन सकेन हुनै दिइएन । प्रचण्डले आफ्नो पार्टीका बैठकहरु गरिरहे । आफ्नो पार्टी जीवितै राखिरहे ।’

ओलीले प्रचण्ड एमालेको रकममा चलेर एक पैसाको पनि हिसाबकिताब नबुझाएको आरोप लगाए । ओलीले भने, ‘उनले पार्टीमा हिसाबकिताब बुझाएनन् । एमालेको रकममा चले । एमालेको रकम खाए, पिए सबै गरे । तर, एमालेमा एक पैसा दाखिल गरेनन् । बैंकमा भएको डिपोजिट पनि दाखिल गरेनन् । सबै आफैंसँग राखे ।’