४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ: अर्थमन्त्री महत

स्टार्टअप उद्यममा लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको छ: अर्थमन्त्री महत
फाईल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘इनोभेसन नलेज’ लाई लगानी गर्न सरकारले बजेटमार्फत विशेष जोड दिएको बताउनुभएको छ ।

बिहीवार उद्योग परिसंघ युवा उद्यमी मञ्चको वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले स्टार्टअप उद्यममार्फत नेपालमा सफ्टवेयर उत्पादन गर्नेहरुलाई राज्यले बजेटमार्फत एक किसिमको अनुदानको व्यवस्था गरेको बताउनु भयो ।

उहाँले कोभिड–१९ पछि नेपाली युवाहरु टेक्नोलोजीको क्षेत्रमा नयाँ टेक्नोलोजी उत्पादन गरेको बताउनु भयो। उहाँले युवाहरुसँग सीप तथा क्षमता हुने बताउँदै उद्यमी बनाउन स्टार्टअप फण्डको व्यवस्था समेत सरकारले गरेको बताउनु भयो । उहाँले युवा उद्यमीहरुले टेक्नोलोजी क्षेत्रमा लगानीका लागि सहयोग खोजेको भन्दै सफ्टवेयरहरु उत्पादन गर्नेहरुलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनु भयो। उहाँले सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेको पनि बताउनु भयो। उहाँले अन्य क्षेत्रहरु भन्दा अहिले टेक्नोलोजी क्षेत्रमा अवसर राम्रो रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘ टेक्नोलोजी क्षेत्रमा लगानी बढाउने कुरा छ । त्यसमा राज्यको सहयोग खोजिएको छ । टेक्नोलोजी क्षेत्रको विकास तिब्र रुपमा भइरहेको छ । कोरोना महामारीपछि युवाहरुले सफट्वेयरहरु निर्यात गर्न लाग्नुभएको छ । स्टार्टअप उद्यम गर्ने टेक्नोलोजी सफ्टवेयर निर्यात गर्नेहरुलाई अनुदानको व्यवस्था गरेका छौं । सरकारले स्टार्टअप उद्यमीहरुले गरको आम्दानीमा ५० प्रतिशत कर छुट गरेका छौं ।

अन्य क्षेत्रहरु भन्दा अहिले राम्रो व्यापारिक क्षेत्र टेक्नोलोजी भएको छ । यसमा धेरै अवसरहरु पनि छन् । सफ्टवेयर बनाउने कम्पनीहरु रजिस्टर गर्न समेत छुट राज्यले दिएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादन गर्छ । त्यसलाई १ लेभलमा सरकारले प्रोत्साहन गरेको छ तर परिसंघ त्यसमा खुस्शी देखिएको छैन । विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई एक लेवलको अनुदान दिएका छौं । आगामी दिनमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जानेछ ।’

उहाँले सरकारले ‘इनोभेसन नलेज’ लाई व्यवसायको रुपमा लैजानको लागि लगानी गरी उद्यम गर्नेहरुलाई कम्पनी दर्तामा समेत छुटको व्यवस्था गरिएको बताउनु भयो। उहाँले सरकारले चालु आर्थिक वर्षको बजेटमा नेपालमा जसले सफ्टवेयर उत्पादनलाई एक किसिमले प्रोत्साहन गर्ने नीति लिएको बताउनु भयो । उहाँले विदेशमा नै बनेर ल्याउने सफ्टवेयरहरु भन्दा नेपालमा नै बनेको सफ्टवेयरलाई अनुदान दिएको बताउनु भयो । उहाँले आगामी दिनमा नेपालमा टेक्नोलोजी क्षेत्र राम्रो हुँदै जाने विश्वस व्यक्त गर्नुभयो ।