काठमाडौं । आज राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । आज हुने उपनिर्वाचनमा प्रदेशसभाका १०९ सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी कूल ३४७ मतदाता सहभागी हुनेछन् ।
निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार (नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्रको समर्थन) डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ प्रतिस्पर्धी हुनुहन्छ । उहाँहरु हेटौँडा आइसक्नुभएको जनाइएको छ ।
बिहान ९ बजेदेखि शुरु हुने निर्वाचनमा दिउँसो ३ बजे मतदान सकिएपछि सोही मतदान केन्द्रमा गणना गरिनेछ । उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाग्मती प्रदेश निर्वाचन आयोगको बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै मतदातालाई कोरोना संक्रमित भएको भएको पाइएमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ मतदान गर्न लगाउने निर्णय गरेको छ ।








