२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण: चिनियाँ नागरिकको गोदाममा छापा, सय कार्टुन दारी काट्ने मेशिन भेटियो



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकको गोदाममा छापा मारेको हो । सोहि क्रममा प्रहरीले १ सय कार्टुन दारी काट्ने मेशिन फेला पारी बरामद गरेको छ ।

गत साउन ३ मा राजस्व अनुसन्धान विभागले हङकङ हुँदै आएको सुन जडित ब्रेक सु विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरेको थियो।  सो प्रकरणमा प्रहरीले एक चिनियाँ, एक भारतीय, भन्सार कर्मचारी,भन्सार एजेन्ट लगायतका गरी १७ जना पक्राउ पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सुन प्रकरणको मुख्य ब्यक्ति को हो भन्ने अझै पत्ता लागेको छैन । प्रहरी र विभागको टोलीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।




भर्खरै