१९ श्रावण २०८३, मंगलवार
,
Latest
मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए



अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उहाँले बताउनुभयो ।

“संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे पनि खाली नगरेपछि हटाएका हौँ”, नगरप्रमुख अधिकारीले भन्नुभयो । नगरभित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले पनि उपभोग गर्न नमिल्ने उहाँको भनाइ छ । रासस