१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

माघ २८–२९ मा बैठक बोलाइएको थियो ।  माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् । 

२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू भएकोले नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भएकोले स्थगित भएको उनले बताए । 

कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने उनको भनाई छ । 

यसअघि पनि माओवादीले कोभिडको कारण देखाउँदै पटक–पटक बैठक स्थगित गरेको थियो ।