१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि स्थगित भयो माओवादी केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

माघ २८–२९ मा बैठक बोलाइएको थियो ।  माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् । 

२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू भएकोले नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भएकोले स्थगित भएको उनले बताए । 

कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने उनको भनाई छ । 

यसअघि पनि माओवादीले कोभिडको कारण देखाउँदै पटक–पटक बैठक स्थगित गरेको थियो ।