१९ श्रावण २०८३, मंगलवार
,
Latest
मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ ।

सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रू दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ बराबरको कारोबार भएको छ ।

वित्त समूह एक दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अङ्कले घटेको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अङ्कले घटेको छ ।

त्यस्तै, जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अङ्कले घटेको छ । आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर शेयर रू १५ करोड १२ लाख ५३ हजार नौ सय बराबरको १५ लाख १२ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ । रासस