२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको निर्णय: गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवैध सुन आयात प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा भित्रिएको करिब सय किलो सुनबारे गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसदरमा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

“सुन प्रकरणबारे गहिराइसम्म पुगेर गम्भीरतापूर्वक छानबिन हुनुपर्छ । भरियालाईमात्र होइन सुन ल्याउने मान्छे को हो त्यसको जडसम्म पुग्नुपर्छ”, बैठकपछि सांसद पन्तले भने, “सुन तस्करीमा जो जो सामेल छन् उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्छ त्यसका लागि हामी जोडदार आवाज उठाउँछौँ ।”

संसद्मा एमालले आफ्नो कुरा राख्ने भन्दै उहाँले जवाफ कस्तो आउँछ थप कुरा त्यसपछि निर्णय गर्ने जानकारी दिनुभयो ।