५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.02

Wind: 2.06

Humidity: 41

तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बुधबार सुनको मूल्य बढेको छ ।

आज छापावाला सुन प्रतितोला पाँच सय  रुपैयाँले बढेर एक लाख १२ हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा१० रुपैयाँ बढेर १ हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।