• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

यस्तो अनौठो ठाउँः जहाँ महिलाले विवाहको लागि केटालाई कुट्छन्



सांकेतिक तस्बिर

एजेन्सी । संसारका हरेक देशमा विवाहको फरक–फरक चलन छ । केही परम्पराहरू धेरै विशेष छन्, जबकि केही आश्चर्यजनक छन् ।

छिमेकी मुलुक भारत विविधताको देश हो र यहाँ विभिन्न संस्कृति, परम्परा र रीतिरिवाजहरू पछ्याइएको छ । देशका हरेक राज्यमा फरक–फरक विवाह परम्परा पालना गरिन्छ । यस्तै एउटा परम्परा राजस्थानको जोधपुरमा पाइन्छ ।

जोधपुरमा एउटा मेला आयोजना गरिन्छ, जसमा महिलाले मात्र शासन गर्छन् । विश्वको यो अनुपम मेला १६ दिनसम्म चल्छ । मेला लागेपछि विवाहित महिलाहरू रातभर सडकमा निस्किन्छन् र पुरुषलाई लाठीले कुट्छन् । मेलाको सबैभन्दा खास कुरा के हो भने पुरुषले आफूलाई पिटाउँछन् र कसैलाई नराम्रो लाग्दैन । यो अनौठो मेलालाई बेन्तमार मेला पनि भनिन्छ ।

यो प्रथा जोधपुरमा परापूर्वकालदेखि चलिआएको बताइन्छ । यस प्रथामा भाउजुले आफ्नो जेठाजु र अन्य अविवाहित केटाहरूलाई लट्ठीले कुट्दै आफू कुमारी भएको बताउछिन् । अविवाहित केटालाई त्यसरी उखुले हानेपछि उसको छिट्टै बिहे हुने जनविश्वास छ ।

जोधपुरमा हुने यस मेलाको नाम ‘ढिंगा गभार’ हो । मेलामा १६ दिनसम्म गभार माताको पूजा गरिन्छ । त्यसपछि १६ औँ दिन महिलाहरू रातभर घरबाहिर बस्छन् । ढिंगाले विभिन्न समयमा गभारको आरती गर्छन् । यो मेलाको विशेष कुरा के हो भने विधवा महिलाहरुको पनि सहभागिता रहन्छ । यसो गर्नाले परिवारमा सुख र समृद्धि आउने विश्वास गरिन्छ ।

१६ दिनसम्म चल्ने मेलामा हरेक दिन ढिंगा गभार माताको पूजा गरिन्छ । पूजा गर्ने महिलाहरू १२ घण्टा निर्जल व्रत बस्छन् र दिनमा एक पटक मात्रै खाना खान्छन् । यो पूजा चैत्र शुक्लको तृतीयादेखि सुरु भई वैशाख कृष्ण पक्षको तृतीयासम्म चल्छ ।

पूजामा महिलाहरूले पहिले भित्तामा गभारको कलाकृति बनाउँछन् । भगवान शिव, गणेशजी, मुसा, सूर्य, चन्द्रमा र गगरी सहितको नारीको तस्बिर पनि काँचो रंगले बनाइन्छ । यसमा १६ अंकको विशेष महत्व रहेको छ भने १६ वटा महिलाले एकसाथ पूजा गर्ने गर्दछन् । यो संख्या घटाउन वा बढाउन सकिँदैन ।

राव जोधाले १४५९ मा जोधपुरको स्थापना गरेका थिए । त्यसबेलादेखि नै ढिंगा गभार पूजा सुरु भएको जनविश्वास छ । यो पूजाको परम्परा राजपरिवारबाट सुरु भएको हो । यो पूजा ५६४ वर्षदेखि चल्दै आएको छ ।