काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत र पाकिस्तानका आर्थिक मामिला सम्बन्धी मन्त्रीबिच शिष्टाचार भेट भएको छ ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका आर्थिक मामिला सम्बन्धी मन्त्री ओमार अयुबबिच भएको भेटमा नेपाल–पाकिस्तान जोइन्ट कमिसन, नेपाल र भारतमा कोरोनाको अवस्था र सहकार्य गर्ने क्षेत्रहरुबारे छलफल भएको बताइएको छ ।
त्यस्तै नेपाल र पाकिस्तानको सम्बन्धका विभिन्न अन्य विषयहरुमा पनि कुराकानी भएको बताईएको छ ।








