१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न – फोटोफिचर नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बगान’को दश दिनमा ७० लाख ग्रस कलेक्शन



अ+ अ-

काठमाडौँ।असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ । निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो चलचित्रले ६९,७८,१९१ (उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ) ग्रस कलेक्शन गरेको छ ।

चलचित्रका निर्माता सुरेश वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको बताएका छन् । निर्माता वाग्लेले आफुले वितरकले दिएको हरेक दिनको हिसाबअनुसार नै कारोबार गर्ने हुँदा करिब ७० लाखको रिपोर्ट सार्वजनिक गरिएको बताए ।

चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिसमा भने केहि कम कलेक्शन रिपोर्ट देखिन्छ । यसो हुनुमा केहि चलचित्र हलमा बक्स अफिस सिस्टम लागु भईनसकेको, कतिपय हलबाट समयमा नै तथ्याङ्क उपलब्ध हुन नसक्नु र दुरदराजका कतिपय हलमा प्राविधिक समस्या आई सिस्टमबाट टिकट बिक्री गर्न नसकिने समस्या देखिने हुँदा कलेक्शन रिपोर्ट केहि कम देखिने बक्स अफिस अधिकृत प्रविण पाण्डेले बताए । काठमाडौँको लोत्सेमलस्थित आईएनआई सिनेमा, काठमाडौँको ईन्फिनिटी सिनेमा, बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्स, मोरङको बिराट सिनेमा, लालबन्दीको बिणा सिनेमा, बुटवलको आईएनआई क्यूबक्स, भक्तपुरको कमविनायक सिनेमा, बनेपाको शुभकामना हल, बर्दघाटको मोहिनी सिनेमा हल र गाईघाटको शुभलक्ष्मी सिनेमा हलबाट सिस्टममा ‘बगान’को कलेक्शन रिपोर्ट नआएको पाण्डेले बताए । त्यस्तै, विगत केहि दिनदेखि काठमाडौँको कमलपोखरीस्थित बिग सिनेमाले पनि समयमा रिपोर्ट उपलब्ध नगराएको उनले बताए ।

ुबगानुले प्रदर्शनको एघारौँ दिन सोमवार पनि राम्रो व्यापार गरेको निर्माता वाग्लेले बताए । उनले भने, ‘आज पनि हामी धेरै हलमा पुग्यौँ । केहि हलमा त हाउसफुल नै दर्शक हुनुहुन्छ । हाउसफुल नभएका हलमा पनि नसोचेको अकुपेन्सी देखियो ।’ उनले नेपाली चलचित्रले दर्शकको अभाव झेलिरहेको बिषम् परिस्थितीमा ‘बगान’को व्यापारले उमंग ल्याएको बताए ।

एकल आमाहरूले देशको जुनसुकै हलमा पनि यो चलचित्र हेर्न पैसा तिर्नु नपर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत एक हजार भन्दा धेरै एकल आमाहरूले आफ्नो परिचयपत्र देखाएर निशूल्क चलचित्र हेरेको निर्माता वाग्लेले बताए । हाल काठमाडौँका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरिरहेको चलचित्रको टिमले पुनस् काठमाडौँ उपत्यका बाहिरका हलहरूमा दर्शक भेट्न जाने योजना रहेको वाग्लेले बताए ।

अभिनयका सुपरिचित सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि।एफ।एक्स। तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा प्रदर्शन हुनेछ ।