• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी ★   काठमाडौंमा भोलिबाट सीप मेला आयोजना, एक महिनामा २०८१ जनालाई रोजगारी दिने उल्लेख ★   चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक– भिडियोसहित ★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली

दाङमा सर्पको टोकाइबाट दुई जनाको मृत्यु



(सांकेतिक तस्बिर)

दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् ।

गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो ।

त्यस्तै, गत शुक्रबार शान्तिनगर–३ बस्तीखोलाका ५० वर्षीय दलबहादुर घर्तीको सर्पको टोकाइबाट मृत्यु भएको थियो । शुक्रबार दिउँसो घर्तीलाई घरभित्रै सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएकामा उहाँको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सर्पदंशबाट पछिल्लो चार दिनमा दुईको मृत्यु भएकाले आवश्यक सर्तकता अपनाउनुपर्ने प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । रासस