२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् । रासस