२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको धरानको पिण्डेश्वरधाममा पदयात्रा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धरानको पिण्डेश्वरधाममा पदयात्रा गरेको छ ।

साउनको दोस्रो सोमबार पारेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरू, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरु समेतको सहभागितामा पदयात्रा गरिएको हो ।

उहाँहरुले धरानका अन्य मठ मन्दिरमा आयोजित विविध कार्यक्रममा पनि सहभागिता जनाउनुभएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि राप्रपाले साउनको पहिलो सोमबार काठमाडौँको मैतिदेवी मन्दिरबाट पशुपतिनाथसम्मको पदयात्रा गरेको थियो ।

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियानअन्तर्गत धार्मिक पदयात्रा गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।