६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीबाट बाढीले बगाएका बालक अझै भेटिएनन्, चोभारसम्म खोजी गरिँदै



अ+ अ-

काठमाडौँ । आइतबार सामाखुसीमा बाढीले बगाएका बालक अझै फेला परेका छैनन्। आइतबार अपराह्न साढे ४ बजे सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए।

विद्यालयबाट घर आएर खेल्न निस्किएका उनी काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी स्कुल अगाडिको खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका हुन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीको अनुसार उनी सोमबार बिहान ११ बजेसम्म फेला परेका छैनन्। उनको खोजी गर्न काठमाडौंका विभिन्न युनिटहरू खटाइएको छ ।

बेपत्ता बालकको  खोजिकार्यमा अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जनाले विष्णुमती खोलामा खोजी गरिरहेका एसएसपी मैनालीले जनाए । विपद् उद्धार महाशाखा सामाखुसीबाट पनि २५ जनाको टोली खटाईएको छ।

उनको खोजी गर्न सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ। यस्तै, डेडिकेटेड टिम ४५ जना खटिएका र बागमतीआसपास कालिमाटी र कीर्तिपुर एरियासम्म खोजिकार्य जारी रहेको मैनालीले बताए ।