• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

सोमबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज तीन सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोे थियो ।

यस्तै सोमबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।